प्रचण्डले प्रतिवेदनमार्फत भने– बहस नगरी प्रचण्डपथ हटाउँदा गम्भीर आशंका पैदा भयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अब पुनः प्रचण्डपथमाथि बहस सुरु गर्नुपर्ने बेला भएको बताएका छन् ।  

पार्टी स्थायी कमिटी बैठकमा प्रतिवेदनको हाइलाइट्स मात्र प्रस्तुत गरेका प्रचण्डले सोमबार महाधिवेशनको बन्दसत्रमा  पेस गरेको प्रतिवेदन उनले सो कुरा उल्लेख गरेका हुन् ।

गोप्य राखिएको यो प्रतिवेदनमाथि धेरैको चासो थियो । स्थायी कमिटी बैठकमै प्रचण्डपथको विषयमा कुरा उठिसकेको थियो । महाधिवेशनमा पेस भएको प्रतिवेदनमा प्रचण्डले दोश्रो राष्ट्रिय सम्मेलनको निर्णयलाई केन्द्रीय समिति, राष्ट्रिय भेला या सम्मेलन आयोजना गरेर कुनै बहस छलफल नगरी प्रचण्डपथ हटाउँदा गम्भीर आशंका पैदा भएको उल्लेख गरेका छन् ।

‘प्रचण्ड पथका बारेमा पार्टीभित्र गम्भीर बहस, छलफल सहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभए कम्तिमा केन्द्रीय कमिटीको बैठकमार्फत त्यसबारे एकरूप धारणा बनाएर निर्णय लिनु पर्दथ्यो । तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निश्कर्ष निकाल्ने काम गर्न सकिएन । यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको छ । यस सन्दर्भमा कतिपय कोणबाट पुनः प्रचण्ड पथ स्थापित गर्नुपर्ने होकि भन्ने तर्क उठेको देखिन्छ । अब त्यसरी सोच्नु बिलकुल पश्चगामी सोच हुन पुग्दछ,’ प्रचण्डले प्रतिवेदनमा भनेका छन् ।  





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ८:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया