राम कार्कीलाई प्रश्न : प्रचण्डको दस्तावेजमा तपाईंको फरक मत किन?

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले पार्टी महाधिवेशनमा आफ्नो छुट्टै मत प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्कीले फरक मत राखेका हुन् ।

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि आफूले छुट्टै मत राख्नुको कारणबारे कार्कीले प्रतिक्रिया पनि दिएका छन् । उनले फरकधारसँग कुराकानी गर्दै भने, ‘त्यो उहाँको दस्तावेज त हिजो देखिएको हो, त्यसलाई कसरी फरक मत भन्नु? अध्यक्षको दस्तावेज त आधिकारिक रूपमा बाँडिएको हो । त्यसलाई फरक मत भन्ने कुरा त आएन । तर, मैले आफ्नो विचार चाहिँ त्यहाँ पेस गरेको छु ।’ 

नेता कार्की माओवादीमा वैचारिक नेताको रूपमा चिनिन्छन् । उनले प्रचण्डको दस्तावेजमा आफ्नो फरक मत नभएर आफूले छुट्टै पूरक दस्तावेज प्रस्तुत गरेको बताए । 

कार्कीले प्रचण्डको दस्तावेजमा उल्लेख भएकामध्ये विगतमा हेर्ने दृष्टिकोण, कम्युनिस्ट नेतामाथिको आरोप र अन्तर्राष्टिय परिस्थितिलगायतका विषयमा आफ्नो धारणा राखेका छन् ।  






  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ८:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया