क्रान्तिकारी योद्धालाई भ्रमित बनाइयो, पार्टी काममा जोड्न गम्भीर बन्नू : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वजनमुक्ति सेनाका योद्धालाई संगठित गर्दै पार्टी काममा जोड्न गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन् ।पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उनले कयौं क्रान्तिकारी योद्धाहरूलाई प्रतिक्रियावादीले भ्रमित पार्न खोजेको आरोप पनि लगाएका छन् । 

आफूसँग लामो समयसम्म जोडिएर युद्धमा सहभागी भएका सहयात्रीहरूले साथ छाड्दै जाँदा प्रचण्डले प्रतिवेदनमा सो कुरा गम्भीर रूपमा उठाएका हुन् । एक महिनाअघि मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनमा गरेको महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकूहरूलाई एमाले प्रवेश गराउन लागिएको बताएका थिए । 

जनयुद्धमासँगै लडेका मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द (विप्लव), सिपी गजुरेललगायत नेताहरूले प्रचण्डको साथ छाडिसकेका छन् । उता रामबहादुर थापा, लेखराज भट्टलगायतको पङ्ती पनि एमालेमा प्रवेश गरिसकेको छ । 

सोही सन्दर्भलाई ध्यानमा राख्दै प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘पूर्वजनमुक्ति सेनाका योद्धालाई पार्टी काममा जोड्ने, संगठित गरेर उचित जिम्मेवारी दिने कामलाई सम्बन्धितसबै स्तरका पार्टी कमिटीहरूले गम्भीरतापूर्वक लिने । संगठन, प्रशिक्षण र व्यवस्थापनको अभावका कारण कैयौं क्रान्तिकारी योद्धाहरूलाई प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले भ्रमित पार्ने षड्यन्त्र गरिरहेको सन्दर्भमा यो कामलाई पार्टीले विशेष गम्भीरतापूर्वक लिन जरुरी छ ।’ 






  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ९:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया