नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अन्य पार्टीभन्दा खासै फरक नभएको स्वीकार गरेका छन् । पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा प्रचण्डले कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढेको उल्लेख गरेका छन् ।
‘जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरूमा खासै भिन्नता देखेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो छ । यो स्थितिलाई बल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृति सहित समाजवादको यात्रामा अगाडि बढ्दा सम्भव छैन,’ उनले भनेका छन् ।
प्रचण्डले प्रतिवेदनमार्फत कयौं क्रान्तिकारी योद्धाहरूलाई प्रतिक्रियावादीहरुले भ्रमित पार्न खोजेको आरोप लगाएका छन् । उनको प्रतिवेदनमाथि विभिन्न २५ समूहमा आजबाट छलफल हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।