सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रज्ञा भवनमा बस्ने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
माओवादीको आठौं महाधिवेशन जारी छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
बन्दसत्रको दोस्रो दिन आज उक्त प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । अध्यक्षको प्रतिवेदनमा छलफल गर्नका लागि विभिन्न १५ समूहहरू बनाइएको छ । २५ समूहबाट आएका सुझावलाई अध्यक्ष प्रचण्डले सुन्नेछन् ।
अहिले बस्न लागेको स्थायी कमिटी बैठकमा विभिन्न क्लस्टरहरूको बारेमा छलफल हुने नेता गजुरेलले जानकारी दिए । उनका अनुसार विधानमा छलफल सुरु हुनुअघि क्लस्टरका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।