नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । माओवादीको महाधिवेशनस्थल प्रज्ञा भवनमा आयोजित स्थायी कमिटी बैठकले निर्धारित समयमा महाधिवेशन नसकिनेबारे छलफल भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल गर्नका लागि समय मागिएपछि महाधिवेशन निर्धारित समयमा नसकिने भएको हो । १५ गतेसम्मका लागि तोकिएको महाधिवेशन एक दुई दिन पर हुनसक्ने उनको भनाई छ ।
‘सकेसम्म १६ गते नत्र १७ गतेसम्म सक्नेगरी तयारी भएको छ ।’ ती नेताले भने ।
महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । अध्यक्षको प्रतिवेदनमा २५ समूहले छलफल जारी राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।