जनमत पार्टीले बुधबार धनुषामा पनि चक्काजाम गर्ने

डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने घोषणा गरेको छ । सिरहाको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत चक्काजाम गर्ने निर्णय गरिएको जनमत पार्टी धनुषाले जनाएको छ ।
 
पार्टीले मंगलबार साँझ जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस निकाल्ने र बुधबार जिल्लाभर चक्काजाम गर्ने सो पार्टीका धनुषास्थित आन्दोलन समितिका दीपनारायण यादवले बताए । 

सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बीऊ किसानले लुटपाट गर्दा प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टी आन्दोलित बनेको छ । सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । 

जनमत पार्टीका अध्यक्ष डा. सिके ​राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र रिहा नगरिए सिरहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्कीसमेत दिएका छन् ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १७:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया