भवन निर्माण गर्दा भूकम्पप्रतिराेधी मापदण्ड अनुरूप बनाउन मन्त्री खाँडकाे आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले ग्रामीण भेगमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप बनाउन आग्रह गरेका छन् ।

बुधबार २४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामीण भेगमा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताएका हुन्।

सहरी क्षेत्रमा ठूला भवनहरू र विद्यालयका भवनहरू बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उनले ग्रामीण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराएका हुन् ।

ग्रामीण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाइ छ । 

उनले भने, ‘ठूला भवनहरू र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्ड अनुसार नै अवलम्वन गर्‍या देखिन्छ । त्यस कारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्वन गर्ने मापदण्ड अवलम्वन गरिरहनुभएको भए त्यो गाउँपालिकालाई धन्यवाद । गरिरहनुभएको छैन गाउँपालिकाहरूलाई पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छजस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरूले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ।’

गृहमन्त्री खाँणले यस वर्षको २४औं भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दा पनि सन्देशमूलक कार्यक्रमको रूपमा मनाउन निर्देशन दिए । भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिककहाँ पुर्‍याउनुपर्ने उनको जोड छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १३:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया