तमु ल्होसारका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले तमु ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो ।

'गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को अवसरमा सार्वजनिक बिदा दिने' निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।
 
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको निर्णय अनुसार बिदा दिइएको पनि सूचनामा जनाइएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १५:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया