माओवादी केन्द्र : महाधिवेशन यी हुन् बाँकी कार्यक्रम

नेकपा माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशनका बाँकी कार्यक्रमबारे जानकारी गराउन प्रेस नोट जारी गरेको छ । 

प्रेस नोटमा  महाधिवेशन सुरु भएपछि अहिलेसम्म भएका कामकारबाही र हुन बाँकी कार्यक्रमबारे जानकारी गराइएको छ ।  

यस्तो छ प्रेस नोट 

नेकपा (माओवादी केन्द्र) आठौँ राष्ट्रिय महाधिवेशन 
२०७८ पुस १४ (चौथो दिनको प्रेस नोट)

नेकपा (माओवादी केन्द्र)को पुस ११ गतेदेखि राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार बन्द सत्रमा भएका कार्यक्रम र बाँकी कार्यक्रमसम्बन्धी सार्वजनिक जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ।

१. आठौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार अपराह्न १ बजे अध्यक्ष मण्डलका सदस्य क. गिरिराजमणि पोखरेलले बन्द सत्र सञ्चालनसम्बन्धी आचारसंहिता सुनाउनुभएपछि बन्द सत्रको कार्यक्रम अगाडि बढ्यो।



२. बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपराह्न सवा १ बजेबाट बन्द सत्रमा सुरु भएको थियो। राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो।

३. समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं. २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मीनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो।



४. आठौँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र सुचारु हुनेछ। बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्।

१४ पौष, २०७८
प्रचार तथा प्रकाशन उपसमिति
आठौँ राष्ट्रिय महाधिवेशन
नेकपा (माओवादी केन्द्र)

 

  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १७:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया