ओमिक्रोनविरुद्ध कति प्रभावकारी छ भ्याक्सिन, यसबारे मिलेको नयाँ सफलता

विश्वभर बढिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे नयाँ नयाँ शोध हुन थालेका छन् । कतिपय ठाउँमा यसबारे विभिन्न अध्ययन भएका छन् र नयाँ विषय बाहिर आएका छन् । तर, अझै पनि यो भेरियन्टलाई अहिले भइरहेका खोपहरु कति प्रभावकारी छन् भन्ने विषयमा जवाफ आइसकेको छैन ।

अहिलेका भ्याक्सिनको प्रभावकारिताबारे भारतमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरुले नयाँ तथ्य फेला परेको भारतीय मिडियाहरुले दाबी गरेका छन् । 

उनीहरुका अनुसार यो नयाँ सफलताले ओमिक्रोन भेरियन्टबारे नयाँ खोज बाहिर ल्याउने सम्भावना बढेको छ ।

वैज्ञानिकहरुको यो सफलतामा खोपको प्रभावकारिताबारे मात्र अध्ययन भएको छैन, प्राकृतिक संक्रमण प्रेरित एन्टीबडीको विकास हुने पनि बताइएको छ ।

कोरोनाभाइरसविरुद्धका भ्याक्सिनको बुस्टर डोजले प्रभावकारी रुपमा काम गरेको पनि उनीहरुको अध्ययनले फेला पारेको हो ।  





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ११:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया