भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चारको मृत्यु

बाँकेको नेपालगन्जस्थिट भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । एउटै कोठामा सुतेका अन्य तीन जनाको उपचार भइरहेको छ । 

क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारको सदस्यहरुको चिसोमा तातो बनाउन आगो बालेर सुतेकाले निधन भएको हो । 

मृत्यु हुनेमा धनप्रसादकी आमा कोकिला, दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन रहेका छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारीअनुसार धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा विवश र भाइ नरेन्द्रको भेरी अस्पतालमा उपचार भइरहेको छ । यीमध्ये सुशीलाको अवस्था सुधारोन्मुख छ । अन्य दुईको अवस्था चिन्ताजनक भएको बताइएको छ ।

उनीहरु सातै जना एउटै कोठामा सुतेका थिए । कोठा न्यानो बनाउन उनीहरुले टिनको बट्टामा आगो बालेर राखेका थिए । विहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबैजना बेहोस पाइएका थिए ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ११:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया