र्यापर लाउरेका रुपमा चिनिने आशिष राना पोखराबाट पक्राउ पर्दा प्रहरीले उनीसँग खैरो हिरोइन फेला परेको थियो । उनीसहित पोखराबाट बुधबार साँझ प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पोखराको न्युरोडबाट उनी बुधबार साँझ पक्राउ परेको कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।
‘खैरो हिरोइनसहित लाउरे पक्राउ परेका हुन्,’ थापाले फरकधारसँग भने, ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि थप विषयबारे भनौँला ।’
अहिले युवा पुस्तामा चर्चित कार्यक्रम हिमालयन रोडिजका निर्णायकसमेत रहेका उनी पछिल्लो समय निकै चर्चामा रहेका र्यापर हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।