चीनले गर्‍यो ५ अमेरिकीको सम्पत्ति रोक्का, हङकङ मामिलामा हस्तक्षेपको आरोप
फाइल तस्वीर

चीनले हङकङमाथि अमेरिकी अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको जवाफमा पूर्व अमेरिकी वाणिज्य मन्त्री विल्बर रस र यूएससीसीका राष्ट्रपति क्यारोलिन बार्थोलोमीसहित पाँच अमेरिकी व्यक्तिहरूमाथि बिहीबार प्रतिकारका उपायहरू लागू गरेको छ ।

प्रतिबन्धमा अमेरिकी अधिकारीलाई चिनियाँ मुख्य भूमि, हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाइने बताइएको छ, साथै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गरिनेछ । 

चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको जानकारी अनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ । 

गत जुलाईमा अमेरिकाले हङकङमा प्रजातन्त्रमाथि बेइजिङको दमनमा हङकङस्थित जन सरकारको सम्पर्क कार्यालयका पाँच उप निर्देशकहरूसहित सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो । 

बेङजिङले अमेरिकाको उक्त कदम गलत भएको भन्दै जवाफमा चीनले पाँच जना अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाउँदै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको बताएको छ । 





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार २०:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया