माओवादी स्थायी कमिटी बैठक सुरु, प्रष्टिकरणको तयारी हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा केही बेरअघि  सुरु भएको हो । 

माओवादीको महाधिवेशन सुरु भएको आज छैठौं दिन हो । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि विभिन्न २५ समूहले निष्कर्ष सुनाइसकेका छन् । 

२५ समूहले प्रस्तुत गरेको छलफलका निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रष्टिकरणको बारेमा आजको स्थायी कमिटी बैठकमा तयारी भइरहेको जनाइएको छ । 

आज प्रचण्डले प्रष्टिकरण दिने कार्यक्रम रहेको छ । आजको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुनेछ । त्यसअघि स्थायी कमिटी बैठक बसेको हो । 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १२:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया