प्रदेश १ तर्फ राष्ट्रियसभा सदस्यमा नेकपा एसका तीन नेता आकांक्षी

प्रदेश १ तर्फ राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेको दल नेकपा (एकीकृत समाजवादी) मा तीन जना नेता आकांक्षी देखिएका छन् ।

पूर्व संविधानसभा सदस्यसमेत रहेकी पार्टी उपाध्यक्ष जयन्ती राई, केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत र संखुवासभाका नेता उमेश डाँगी आकांक्षी हुन् ।

तीन सदस्यमध्ये यो दलले एक सांसद पाउने सम्भावना रहेको छ । गठबन्धनमा भागबण्डा गर्दा महिला वा अल्पसंख्यक एसलाई परे राईलाई अघि बढाउने सम्भावना रहेको छ ।

खुल्लाबाट अघि बढाउने भए बस्नेतको सम्भावना देखिएको छ । किनभने यी राई र बस्नेत डाँगीको तुलनामा प्रदेशका सिनियर नेता हुन् ।

पञ्चायतकालमा पार्टीको संगठन देशको पूर्वी क्षेत्रमा फैलाउने राई र बस्नेतसहित नेताको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

प्रदेश १ मा गठबन्धन सरकारको नेतृत्व यही पार्टीले गर्दै आएको छ ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया