गृहमन्त्री खाँण भन्छन्-  सबै तहका निर्वाचन समयमै सम्पन्न हुन्छन्

गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन समयमै सम्पन्न हुने बताएका छन् ।

गृहमन्त्री खाँणले तीनवटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जनताबाट विश्वास पाएका जनप्रतिनिधिको छनोट हुने गरी सबै तहको निर्वाचन हुने बताए ।

‘सबै निर्वाचन निर्वाचनको समयमै सम्पन्न हुने छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ,’ उनले भने ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया