नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ८ लाख ११ हजार ९५८ कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज चार संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ । मृत्यु हुने दर १.४ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ ७९ रहेको मन्त्रालयको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।