प्राविधिक समस्या देखिएपछि टेस्लाले ४ लाख ७५ हजार गाडी फिर्ता लिदै

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकी बजारबाट आफ्ना ४ लाख ७५ हजार गाडी फिर्ता लिने भएको छ । 

टेस्लाले अमेरिकी सुरक्षा नियामक निकायलाई पत्र लेखि उक्त जानकारी गराएको हो । 

कम्पनीले ‘२०१७–२०२० मोडल थ्रि टेस्ला’ को ३ लाख ५६ हजार ३०९ वटा कार फिर्ता लिने जनाएको हो । ती गाडीमा ‘रियर भ्यु क्यामर’ मा गडबडी हुनसक्ने टेस्लाले जनाएको छ । 

यसको अलवा ‘प्रन्ट ट्रङ्क’ अर्थात कारको अगाडिको भागमा खराबी भएको आशंकामा मेडल एस को १ लाख १९ हजार ९ वटा गाडी पनि फिर्ता लिने टेस्लाले जनाउको छ । 
समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्लाले हाल जति गाडी फिर्ता लिने घोषणा गरेको छ उक्त संख्या गत वर्ष उस्ले बेचेको संख्यासँग करिव बराबर हुन आउँछ । गत वर्ष टेस्लाले ५ लाख कार बिक्रि गरेको थियो ।  

टेस्लाले यस महिना दिएको सुरक्षा रिपोर्टमा फिर्ता लिने मेडल ३ कारमध्ये लगभग एक प्रतिशतमा रियर–भ्यु क्यामरामा गडबडी हुने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १६:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया