माओवादी बन्दसत्र : राम कार्कीको पुरक र लेखनाथ न्यौपानेको फरक मत सुरक्षित राख्ने निर्णय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेज पारित भएको छ । 

अध्यक्ष प्रचण्डले दस्तावेजमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि दस्तावेज पारित भएको हो । साथै, प्रचण्डको दस्तावेजमाथि २५ समूहले छलफल गरेर निष्कर्ष सुनाएको थियो । उनीहरूको निष्कर्षकाे आधारमा प्रचण्डले जवाफ दिएका थिए । 

‘एक्काइसाैं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षक दिइएको ४५ पृष्ठको प्रतिवेदनमाथि महाधिवेशनको बन्दसत्रमा छलफल भएको हो । 

साथै, प्रचण्डको प्रतिवेदनमाथि पार्टीका नेता राम कार्कीले पुरक मत दिएका थिए । त्यस्तै, अर्का नेता लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका थिए । 

उनीहरूको पुरक र फरक मतलाई सुरक्षित राख्ने निर्णय महाधिवेशन हलले गरेको नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । 

प्रचण्डको प्रतिवेदन पूरा नभएको भन्दै उनीहरूले फरक मत राखेका थिए ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १७:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया