विद्युतीय पद्धतिमा राप्रपा !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सूचना प्रविधि विभागका प्रमुख कमल थापाको अध्यक्षतामा सूचना प्रविधि विभागको बैठक सम्पन्न भएको छ ।

बैठकले सूचना प्रविधिबारे जानकारी गराउने उद्देश्यले पार्टीका केन्द्रीय सदस्यहरुलाई ओरिन्टेसन दिने, पार्टीका सम्पूर्ण डकुमेन्टलाई क्रमशः कम्प्युटराइज्ड गर्दै विद्युतीय पद्धतिमा लैजाने निर्णय गरेको छ ।

पार्टीका गतिविधिलाई जनतासमक्ष पुर्याउने हेतुले विभागले मासिक पत्रिकासमेत प्रकाशन गर्ने निर्णय गरेको छ । 

राप्रपालाई युवामैत्री बनाउँदै स्मार्ट पार्टीको रुपमा लैजाने नीतिअनुसार सूचना प्रविधि विभागले पार्टीका हरेक गतिविधि र महत्वपूर्ण कागजातलाई विद्युतीय पद्धतिमा रुपान्तरण गर्ने कार्य तत्काल प्रारम्भ गरी आगामी वर्षमा सम्पूर्ण जानकारी विद्युतीय प्रणालीमार्फत सार्वजनिक गर्ने तयारी गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बताए । 
 





  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १७:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया