गायिका रेश्मा बम्जनको ‘मुगाको माला’ सेलो म्युजिक भिडियो सार्वजनिक भएको छ । सेलो संगीत क्षेत्रमा म्युजिक भिडियो एउटा कोशेलीको रूपमा ल्याएको रेश्माले बताइन् ।
कुमार स्याङ्बाको शब्द, चन्द्रकुमार दोङको संगीत, फणिन्द्र राईको एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेको म्युजिक भिडियोको गीतमा रेश्माको स्वर छ ।
म्युजिक भिडियोको निर्देशन युवराज वाइबाले गरेका हुन् । छायाङ्कन सागर प्रधान र सम्पादन विकेश दाहालले गर्दा फिचरिङ भने निराञ्जली, कुन्साङ र रजनीको छ ।
रेश्माले यसअघि ‘यो कान्छीको’, ‘के साह्रो हेरेको’, ‘डम्फू र सेलो’, ‘सोल्टिनी माइच्याङ’, ‘तामाङकी चेली’ लगायत गीतमा स्वर दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।