पार्कर सुनारलाई ‘द ग्लोबल एम्पावरमेन्ट अवार्ड’

‘द ग्लोबल एम्पावरमेन्ट अवार्ड- २०२१’ को उपाधि पार्कर दिनेश सुनारले जितेका छन् । टिम विटी गसिप एसोसिएसनले प्रदान गर्दै आएको ‘द मोस्ट डिस्टिन्ग्युइस्ड इन्टरनेशनल अवार्ड : ग्लोबल एम्पावरमेन्ट अवार्ड २०२१’ पार्कर सुनारलाई प्रदान गरेको हो ।  

ग्लोबल एम्पावरमेन्ट अवार्ड एक यस्तो प्लेटफर्म हो जसले सहभागीहरूलाई उनीहरूको उपलब्धि र सेवाहरूको गुणस्तर प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ ।  

आफ्नो पेशामा उत्कृष्ट योगदान पुर्‍याएका असाधारण व्यक्तिहरूलाई पहिचान र मान्यता दिएर सक्रिय रूपमा विश्वका सबै कुनासम्म पुग्ने, सबै क्षेत्रमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने उद्देश्यले यो अवार्ड प्रदान गरिँदै आएको छ । 

उक्त अवार्ड हात पारेका पार्कर सुनार उत्तर अमेरिकी क्षेत्रका प्रेरक व्यक्तिहरूको सूचीमा परेका छन् । खोटाङका पार्कर सुनारले पाँच पटक गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । 

पछिल्लो पटक दिनेशले २०२१ को मार्चमा ५औं विश्व रेकर्ड कायम गरेका थिए । उनले ३० सेकन्डमा १३ पटकसम्म  ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेर पाँचौं पटक वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका थिए । यो विधामा यसअघिको आठ पटकसम्मको कीर्तिमान उनले तोडेका थिए । 

सन् २०१७ मा ‘द मस्ट ट्विस्टिङ ब्याकफिल्प अफ वाल इन वान मिनेट’मा पहिलो विश्व रेकर्ड राखेका थिए । त्यसपछि सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो विश्व कीर्तिमान बनाए । दिनेशले ३० सेकेन्डमा ‘द मस्ट ट्विस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा तेस्रो विश्व कीर्तिमान राखेका थिए । 



त्यस्तै २०७६ माघमा ट्राम्पोलिनमा ‘ब्याक समरसल्ट’ अर्थात् उफ्रिन मिल्ने लचकदार रबरको सामग्रीमा उल्टो जम्प हानेर चौथो वर्ल्ड रेकर्ड कायम गरेका थिए । उनले एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेका थिए । 

सशस्त्र प्रहरी बलबाट जागिर छोडेर पार्कर खेल र नेपाललाई विश्वमाझ चिनाउनका लागि उनी प्रयत्नरत छन् ।



  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १३:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया