न्युयोर्कमा राजेश पायल राईमाथि हातपात [भिडियो]

अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात भएको छ । स्टेजमा गीत दिइरहेको अवस्थामा उनीमाथि हातपात भएको हो ।

अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजित कार्यक्रममा गीत गाइरहँदा एक व्यक्तिले उनमाथि हातपात गरेका हुन् ।

न्युयोर्कमा आयोजित कन्सर्टमा उनले गीत गाइरहेका बेला एक दर्शक स्टेजमा चढ्छन् । ती दर्शकले पछाडिबाट न्याक्दै गायक राईमाथि हातपातको प्रयास गर्छन् । यद्यपि अन्य दर्शकले ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकालेका थिए । दर्शकले कुटपिट हुनबाट जोगाएका छन् ।

उनीमाथि हातपातको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपयले गायक राईमाथि हातपात हुनुमा व्यवस्थापकको कमजोरी रहेको औँल्याएका छन् । नयाँ वर्ष २०२२ का अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी न्यूयोर्कमा छन् ।

भिडियो





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १५:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया