कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन हुने

कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन आयोजना हुने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते कृष्णपुर नगरपालिका–६ सिंहपुरमा साहित्य सम्मेलन आयोजना हुन लागेको हो । 

सम्मेलन आयोजना गर्न समाजसेवी जोगराज चौधरीको संयोजकत्वमा जिल्लाका नौवटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसिराम चौधरी, हवल्दार चौधरी, जितबहादुर चौधरी र मेवाराम चौधरी सदस्य छन् ।

सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानिय आयोजक तथा थारु लेखक संघको आन्तरिक सहमतिमा  संयोजन गर्ने आधार तय गरिएको संघका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए ।

जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ । 

सम्मेलनका लागि १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १८:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया