पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको शव फेला

पाल्पामा मलामी बोकेको बस दुर्घटनामा परेको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

अहिलेसम्म सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव लिएर गएको बसमा ४० जना सवार थिए । बस बाटोबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पताल लगिएको छ ।

के कति कारणले दुर्घटना भएको भन्ने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलतर्फ लागेको छ । 

अहिले उद्दारको कार्य जारी रहेको छ ।
 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १२:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया