नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । प्रज्ञा भवन बसेको स्थायी कमिटी बैठक केहीबेर अघिमात्र सकिएको हो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू र पदाधिकारीका बारेमा छलफल भएको थियो । स्थायी कमिटी सकिएसँगै अब केहीबेरमा बन्दसत्र सुरु हुने बताइएको छ ।
यसअघि अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि छलफल भएको थियो । विभिन्न २५ समूहमाथि भएको छलफलपछि सो प्रतिवेदन बन्दसत्र हलबाट पारित भएको थियो ।
त्यसपछि माओवादीले आफ्नो विधान पारित गरिसकेको छ ।
अब हुने बन्दसत्रमा केन्द्रीय कमिटीको बारेमा निर्णय लिने बताइएको छ । माओवादी केन्द्रको विधान अनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २९९ जना सदस्य रहने बताइएको छ ।
सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव सुरु गर्ने तयारी माओवादीको छ । हिजो बसेको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पनि सोही कुराको जानकारी गराएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।