बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित, सहमतिमै केन्द्रीय कमिटी चयन हुने
फाइल तस्वीर

प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको आजको बन्दसत्र अझै सुरु हुन सकेको छैन् । 

खाजाको समयका लागि बन्दसत्रको समय पौने ४ बजेसम्मका लागि स्थगित भएको जानकारी माओवादी केन्द्रले दिएको छ । 

‘आजको बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको छ,’ माओवादीले मिडिया सेन्टरमार्फत जानकारी दिएको छ । 

माओवादीमा सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नेगरी तयारी तीव्र बनाइएको छ । अहिले स्थायी कमिटीका सदस्यहरुको बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा जारी छ ।

माओवादी महाधिवेशनको आज आठौं दिन हो भने बन्दसत्रको सातौं दिन हो । 

यसअघि अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि छलफल भएको थियो । विभिन्न २५ समूहमाथि भएको छलफलपछि सो प्रतिवेदन बन्दसत्र हलबाट पारित भएको थियो ।



त्यसपछि माओवादीले आफ्नो विधान पारित गरिसकेको छ ।

प्रचण्डले केन्द्रीय सदस्यहरुको नामावली पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि हलले उक्त नाममा सहमती जनाएमा त्यहीँबाट ध्वनी मतका साथ पारित हुन्छ । 



हलबाट सहमति नभएमा निर्वाचनमा जाने तयारी रहेको बुझिएको छ । निर्वाचन आयोगले दुईपटक तालिका संशोधन गरिसकेको छ । 

सर्वसम्मति केन्द्रीय कमिटी चयन गर्नका लागि निर्वाचन तालिका पटक पटक संशोधन भएको एक नेताले जानकारी दिए ।  

माओवादीमा अध्यक्षमा प्रचण्ड निर्विकल्प देखिएका छन् । त्यसपछि उत्तराधिकारीको रुपमा लिइने महासचिव पदमा सबैको चासो रहेको छ । 

सकेसम्म सर्वसम्मति पदाधिकारी र केन्द्रीय कमिटी छनोट गर्ने नभए लोकतान्त्रिक प्रणालीबाट निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ ।

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १५:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया