माओवादी केन्द्रीय समितिमा तनहुँका पाँचजना

नेकपा माओवादीको ८औँ महाधिवेशनबाट तनहुँका पाँचजना केन्द्रीय सदस्य चयन भएका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार घोषणा गरेको केन्द्रीय सदस्यहरुको सूचीमा तनहुँका पाँचजना नेता परेका हुन् । प्रचण्डले बन्दसत्रमा पेस गरेको सूची पारित भएको छ ।

पाँचजना केन्द्रीय सदस्यमा चारजना पुरानै केन्द्रीय सदस्य हुन् भने एकजना मात्रै नयाँ अनुहार छन् । तनहुँबाट खुलातर्फ हरिबहादुर चुमान, सुरेशकुमार आले मगर र श्रीराम ढकाल केन्द्रीय सदस्य भए ।

आशा कोइराला खस आर्य महिलातर्फ र ओमकुमारी पौडेल खस आर्य युवा महिला कोटाबाट केन्द्रीय सदस्य भएका हुन् । ओमकुमारी पहिलोपटक केन्द्रीय सदस्यमा अटाएकी हुन् । उनी यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिइन् ।

कोइराला र चुमान गण्डकी प्रदेशसभा सदस्य हुन् । आले आदिवासी जनजाति महासंघका केन्द्रीय इन्चार्ज र ढकाल पार्टी कार्यालयका मुख्यसचिव रहेका छन् ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार २२:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया