निर्मला पन्त प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

कन्चनपुरकी निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणमा एक भारतीय पक्राउ परेका छन् । शंकास्पद ती भारतीयलाई कन्चनपुर प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको छ।
 
यसअघि २०७५ साल साउन ११ मा कन्चनपुरको भीमदत्त नगरपालिका १८ को उखुबारीमा निर्मला पन्तको शव भेटिएको थियो । त्यसपछि प्रहरीले आशंकामा रहेका विभिन्न व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्दै आएको छ । 

तर, अहिलेसम्म यो प्रकरणका दाेषी पक्राउ हुन सकेका छैनन् ।

यसअघि प्रहरीले यही घटनामा संलग्न भएको आधारमा १ सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरेको थियो ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भएको आरोपमा एक भारतीयलाई नेपालमा ल्याएर उनको अनुसन्धान सुरु गरिएको हो । अली थरका ती युवालाई नियन्त्रणमा लिएर डिएनए परीक्षणका लागि पठाइएको बताइएको छ ।

ती भारतीय त्यति बेलादेखि नै कन्चनपुरबाट हराइरहेको हुनाले उनी आशंकाको घेरामा परेको प्रहरीले जनाएको छ । उनको डिएनए परीक्षणपछि मात्र यस विषयमा थप अनुसन्धान गर्ने प्रहरी तयारी रहेको छ । 

आफ्नो प्रारम्भिक बयानमा चाहिँ ती युवाले घटनामा संलग्नता भएको विषयमा इन्कार गरेका छन् । तर, यी युवाले निर्मलालाई त्यति बेला जिस्काउने गरेको बयान त्यहाँका स्थानीयले दिएका थिए ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १२:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया