माओवादी केन्द्रीय कमिटी बैठकअघि हाजिरी र मनोनयन

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केहीबेरमा सुरु हुँदैछ । बैठक ललितपुरको सानेपास्थित होटल हेरिटेजमा बस्न लागेको हो । 

आठौं महाधिवेशनपछिको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । यो बैठकले केन्द्रीय पदाधिकारीहरूको नाम टुंगो लगाउने बताइएको । आजको बैठक पार्टी विधानका आधारमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बताइएको छ । 

अहिले केन्द्रीय सदस्यहरु धमाधम बैठक हलभित्र प्रवेश गरिरहेका छन् । उनीहरु प्रवेश गर्नुपूर्व हाजिरी र मनोनयन फारम भर्ने काम भइरहेको छ । 

बैठकमा सहभागी हुन पुष्पकमल दाहाल प्रचण्ड पनि पुगिसकेका छन् । सर्वाधिक चासोका साथ हेरिएको यो बैठकले आगामी ५ वर्षका लागि नेतृत्व छान्ने बताइएको छ । 

अध्यक्षमा प्रचण्ड निर्विकल्प छन् । महासचिवमा विभिन्न नेताहरुले आकांक्षा राखेपछि चुन्न सकस परेको बुझिएको छ । २९९ जनामध्ये १३६ जना केन्द्रीय सदस्यको नाम शनिबार प्रचण्डले बन्दसत्र हलमा सुनाएर पारित गराइसकेका छन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १५:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया