निर्वाचन आयोग प्रमुखबाट प्रचण्डसहितका केन्द्रीय सदस्यले लिए सपथ

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको होटल हेरिटेज प्लाजामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

यो बैठक माओवादी महाधिवेशनपछिको पहिलो बैठक हो । आइतबारको सातौं दिनको बन्दसत्रमा अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । 

माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका छन् । अध्यक्ष प्रचण्डले पनि केन्द्रीय सदस्यको सपथ खाएका छन् । 

उनले केन्द्रीय सदस्यको खुलातर्फ आफ्नो नाम २३औं नम्बरमा पढेर सुनाएका छन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया