कोरोना भाइरस : दिल्लीमा ८४ प्रतिशत संक्रमित ओमिक्रोनका

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमितको संख्या भारतमा निकै बढ्न थालेको छ । पछिल्ला दुई दिनमा भारतको राजधानी नयाँ दिल्लीमा भेटिएका कोरोना भाइरस संक्रमितमध्ये ८४ प्रतिशत ओमिक्रोन भेरियन्टका भएको त्यहाँको सरकारले जनाएको छ ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले पछिल्ला दुई दिनमा देखिएका कोरोना संक्रमितको संख्या ८४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएका छन् ।

उनले दिल्लीमा कोरोनाको पोजिटिभिटी दर ६.५ प्रतिशतभन्दा बढी भएको पनि बताएका छन् ।
२ जनवरीमा दिल्लीमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय बढेको थियो । अहिले दिल्लीमा मात्रै २ सय २ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् । 

भारतका एकै दिनमा ३३ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये कम्तिमा पनि १७ सय जनामा ओमिक्रोन देखिएको छ ।
 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया