दिनानाथ शर्माको अध्यक्षतामा माओवादीको पहिलो केन्द्रीय कमिटी बैठक (तस्वीरसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको होटल हेरिटेज प्लाजामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

बैठक पार्टी विधान अनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको हो । याे माओवादी महाधिवेशनपछिको पहिलो बैठक हाे । बैठक सुरु हुनुअघि केन्द्रीय कमिटीका सदस्यहरूले सपथ ग्रहण गरेका छन् । 

माओवादीको केन्द्रीय सदस्यमध्ये सबैभन्दा जेठा सदस्य दिनानाथ शर्माबाट केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड पनि अहिले केन्द्रीय सदस्यकै लहरमा बसेका छन् । उनले केन्द्रीय सदस्यको सपथ खाइसकेका छन् ।

माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सपथ खुवाएका थिए । 

आजको केन्द्रीय कमिटीको बैठकमा पदाधिकारीको नाम टुंगो लगाउने बताइएको छ । पदाधिकारीमध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा कोही देखिएका छैनन् । 

अध्यक्षपछिको महत्वपूर्ण मानिने महासचिव पदका लागि नेताहरूबीच रस्साकस्सी भएको थियो । जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल लगायतले महासचिवका लागि दाबी गरेका छन् ।



 



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया