एकीकृत समाजवादीले लगायो राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ?

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको टुंगो लगाएको छ । 

भोलि हुने मनोनयन दर्ताका लागि पार्टीले केहीबेर अघि उम्मेदवारको टुंगो लगाएको हो । पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको थियो । 

सो पाँच जना उम्मेदवारको टुंगो लगाइएको एकीकृत समाजवादीका नेता जगन्‍नाथ खतिवडाले फरकधारलाई जानकारी दिए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी शाह उम्मेदवार बन्ने भएका छन् । 

राष्ट्रियसभाको निर्वाचन आगामी १२ माघमा हुँदैछ । १२ गतेबाट २० जना उम्मेदवारले राष्ट्रिय सभा सदस्यको चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया