माओवादी केन्द्रका अध्यक्ष बने प्रचण्ड

नेकपा माओवादी केन्द्रले आफ्नो अध्यक्ष चयन गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड फेरि माओवादी केन्द्रका अध्यक्ष बनेका छन् ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो । उनलाई अध्यक्षमा कृष्णबहादुर महराले समर्थन र नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । त्यसपछि केन्द्रीय कमिटीले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले आइतबार २ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । आइतबार केन्द्रीय सदस्यको नाम प्रचण्डले वाचन गरेर सुनाएका थिए । 

सोमबार यी सबै सदस्यले सपथ लिएका छन् । सपथपछि प्रचण्ड अध्यक्षमा चयन भएका हुन् ।

योसँगै अब लगातार ३ दशकभन्दा बढी माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड रहने भएका छन् । 






  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया