नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भए पछि केन्द्रीय कमिटी बैठकका तस्वीर ललितपुरको हेरिटेज गार्डेनबाट विभिन्न तस्वीर आइरहेका छन् ।
पछिल्लो समय माओवादी केन्द्रमा महासचिवमा दाबी गरिरहेका छन्, जनार्दन शर्मा प्रभाकर । नेपाल सरकारका अर्थमन्त्री समेत रहेका जनार्दन शर्मासँगै महासचिवका अर्का दाबेदार हुन्, वर्षमान पुन अनन्त । तर, पुन स्वास्थ्य उपचारका लागि अहिले चीनमा छन् ।
पुन चीनमा भएकाले पनि आफ्नो दाबेदारीलाई सहज रुपमा हेरेका छन्, जनार्दन शर्माले । केही समय यता प्रचण्डसँग निकटता बढाइरहेका जनार्दन शर्माले सोमबार अध्यक्षमा प्रचण्ड चुनिएपछि अंकमालसहित बधाईसमेत दिएका छन् ।
महासचिवमा दाबी गर्नु, प्रचण्डसँगको निकटता बढाउन खोज्नु जनार्दनको यो कदमलाई त्यसैले पनि धेरैले अर्थपूर्णमा रुपमा लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।