पदाधिकारीमा होमवर्क बाँकी छ, सहमति खोज्ने प्रयास भइरहेको छ : प्रवक्ता महरा
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सकिएको छ । आजको बैठकबाट पदाधिकारीको पनि टुंगो लगाउने भनिएको थियो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले केही होमवर्क गर्न बाँकी रहेकाे कारणले आज पदाधिकारी घोषणा नभएको बताए । 

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै महराले भने, ‘पदाधिकारीको बारेमा होमवर्क गर्न केही बाँकी छ । अहिले अध्यक्ष कमरेडले सम्बोधन राख्नुभयो । एक हप्तापछि बाँकी पदाधिकारी घोषणा गर्छौं ।’

उनका अनुसार पदाधिकारी खोज्ने प्रयास भइरहेको छ । ‘पदाधिकारीका लागि सहमति खोज्ने प्रयास जारी छ’, उनले भने ।

यद्यपि पदाधिकारीको टुंगो आगामी २५ गते बस्ने केन्द्रीय कमिटीले टुंगो लगाउने भएको छ । 

पार्टीका केन्द्रीय सदस्य तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले २५ गतेको बैठकले सम्पूर्ण पदाधिकारीहरूको टुंगो लगाउने बताए । 



आजको केन्द्रीय कमिटी बैठकपछि उनले भने, ‘अब आउने बैठकले सम्पूर्ण पदाधिकारीको निर्णय गरेर हामी अगाडी बढ्छौं ।’



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया