वर्षमान पुन र ओनसरी घर्तीका लागि प्रचण्डले बैठक एक साता सारे

नेकपा (माओवादी केन्द्र)को अर्को बैठक पुस २५ गते बस्ने भएको छ । सोही बैठकबाट सबै पदाधिकारी, पोलिटब्युरो लगायतको टुंगो लाग्ने बताइएको छ ।

माओवादी केन्द्रमा एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव र दुई सहमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने व्यवस्था छ । बाँकी १४ पदाधिकारी सम्भवतः २५ गतेको केन्द्रीय कमिटीले चयन गर्नेछ ।

आजको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ पनि लिए । बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुमोदन गरेको छ । 

माओवादी नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती अहिले चीनमा छन् । प्रचण्डले उनीहरूलाई पनि समेटेर कार्यसमिति बनाउनका लागि बैठक २५ गतेसम्मका लागि सारेका हुन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १८:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया