मेरा आदेशमा होइन, व्याख्या विश्लेषणसहित हलले केन्द्रीय समिति निर्वाचित गरेको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले आफ्नो आदेशमा केन्द्रीय कमिटी निर्वाचित नभएकाे स्पष्ट पारेका छन् । 

कतिपय मिडियामा प्रचण्डले ताली बजाउन लगाएर पारित भएको समाचारहरू आएको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन् । आठौं महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने, ‘महाधिवेशनले प्रचण्डको आदेशको रूपमा होइन, त्यतिबेलाको आयोजक समिति र स्थायी समितिको सर्वसम्मत प्रस्तावको रूपमा ब्याख्या विश्लेषणसहित महाधिवेशनको हलले सर्वसम्मत रूपमा यो केन्द्रीय समितिलाई निर्वाचित गर्‍याे । कतिपय मिडियामा झल्याकझुलुक देखेँ, प्रचण्डले ताली लगाउन भने अनि ताली लगाइयो भनेर जो अपमान गर्न खोजियो, मलाई दुःख लागेको छ ।’

प्रचण्डले आफू नहुँदैमा माओवादी पार्टी नसिद्धिने पनि बताए । 

‘माओवादी एउटा क्रान्तिकारी आन्दोलन हो, विचार हो । यसले इतिहासमा निकै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको छ । युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको छ ।  त्यसकारण प्रचण्ड नहुँदैमा वा अर्को कोही नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुन सक्दैन’, उनले भने ।
 






  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १८:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया