राजावादी ट्याउँ–ट्याउँ कराउँदैमा राजतन्त्र फर्कंदैन : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजावादीहरु ट्याउँ–ट्याउ कराउँदैमा राजतन्त्र नआउने बताएका छन् । 

पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा इलाम सदरमुकाम पुगेका भट्टराईले मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको उल्लेख गर्दै उनले अब एकतन्त्रीय शासनको कल्पना पनि गर्न नसकिने बताए । उनले भने, ‘राजावादीहरू ट्याउँ–ट्याउँ गरेर केही हुँदैन ।’ 

केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैँ सत्ताबाट बाहिरिनुपरेको उनले बताए । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप लगाउँदै भट्टराईले दुईतिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको बताए । 

२०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ ।’ 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार २०:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया