दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलोपटक दुई संक्रमितको मृत्यु

कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट दक्षिण कोरियामा पहिलोपटक दुईजनाको मृत्यु भएको छ । 

मृत्यु भएका दुवै जना ९० वर्षमाथिका छन् ।  दक्षिण कोरियाका सरकारी अधिकारीहरूका अनुसार राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो ।  

उनीहरूमध्ये एक जनाको २७ डिसेम्बरमा र एक जनाको २९ डिसेम्बरमा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ७:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया