लोकरिझ्याइँको राजनीति गर्दिनँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अहिले देशका विभिन्न स्थानमा घुमघाममा व्यस्त छन् । घुमघामका साथै उनी सामाजिक सञ्जालमा पनि त्यत्तिकै व्यस्त देखिन्छन् । 

यसैबीच, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले  ‘लोकरिझ्याइँको राजनीति गर्दिनँ’ भनेर प्रण गरेका छन् ।

पाँचथरको फिदिम अवलोकन गरेको तस्बिर पोष्ट गर्दै बाबुरामले लेखेका छन्, ‘यो मेरो अन्तर्हृदय/ब्रह्मको आवाज हो । म लोकरिझ्याइँको राजनीति गर्दिनँ ! नेपालका सबै जाति/वर्ण/लिंग/धर्म/क्षेत्र/वर्गको स्वतन्त्रता, समानता, समृद्धिबिना देश बन्दैन । त्यसनिम्ति आजीवन लागिरहनेछु ।’   





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ९:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया