राष्ट्रियसभाको निर्वाचनका लागि आज प्रदेशहरूमा मनोनयन दर्ता भइरहेको छ । यसबीच लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ ।
सत्तारूढ गठबन्धनको तर्फबाट लुम्बिनी प्रदेशमा कांग्रेसका युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । उनी बाँकेका हुन् ।
नेकपा एकीकृत समाजवादीबाट राज्यलक्ष्मी गैरेले उम्मेदवारी दिएकी छन् । उनी पाल्पाका हुन् । राष्ट्रिय जनमोर्चा (राजमो) बाट तुलबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । उनी रूपन्देहीका हुन् ।
प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।