राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा सत्ता गठबन्धनका तीन जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ । 

प्रदेश १ मा सत्ता गठबन्धनबाट जसपाका हेमराज राई, नेकपा एकीकृत समाजवादी पार्टीका जयन्ती राई र नेपाली कांग्रेसका गोपाल बस्नेतले उम्मेदवारी दिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्यका लागि १२ माघमा निर्वाचन हुँदै छ ।

राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनीत सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले निर्वाचन हुन लागेको हो ।
 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १४:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया