देशकै अभिभावक भएकाले प्रचण्डलाई पार्टी नेतृत्वको जिम्मेवारी : देव गुरुङ [भिडियो]
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावक रूपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् ।

नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन् । उनले पार्टीमा अन्य पदाधिकारी कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए ।

नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीको बारेमा टुंगो लगाउने पनि जानकारी दिए । उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।

'पदाधिकारी गठनको सन्दर्भमा स्थायी समितिकै सदस्य वर्षमानजी उपचारमा नै रहनुभएकोले उहाँले म नफर्कंदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी बिरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेटिङ सीको रूपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते मिटिङ बस्ने भनिएको छ, त्यसमा टुंगोमा पुग्ला भन्ने लाग्छ’ उनले भने ।

भिडियो





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १४:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया