सभापतिको लाइक र डिस्लाइकबाट व्यक्ति छनोट भए दुर्घटना हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्ति छनोट भए पार्टी दुर्घटनामा पर्ने बताएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशनपछिको समीक्षात्मक बैठकमा उनले यस्तो बताएका हुन् ।

'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने' उनले भने ।

उनले आफूहरूले अहिले पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी भूमिकामा नरहेको स्वीकार गर्दै पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत विधि र विधानसंगत विवेकपूर्ण र व्यावहारिक तरिकाले निर्णय गरियो भन्न चाहेको बताए ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १६:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया