समूह भेलामा गगनले : भने हामी भाग होइन, न्याय चाहन्छौँ
‘चुनावसम्म गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावसम्म गठबन्धन कायमै रहने तर कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने बताएका छन्। 

शेखर कोइराला पक्षले बुधबार होटल बसेरामा आयोजना गरेको भेलामा बोल्दै महामन्त्री थापाले भने,
‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ ।’

महामन्त्री थापाले आफ्नो समूहको शक्ति कांग्रेस केन्द्रीय समितिभन्दा बाहिर रहेको दाबी गर्दै अवसर दिँदा सही व्यक्ति सही ठाउँमा दिन आग्रह गरे।

४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रो मुख्य शक्ति समिति बाहिर छ। जिल्ला, पालिका र क्षेत्रमा हाम्रो समूहको शक्ति छ।
 
अप्ठ्यारो अवस्थामा भएको अधिवेशनमा नैतिक रुपमा आफ्नो पक्षको जित भएको दाबी गर्दै सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने, तर बेवास्ता गरिए सैह्य नहुने बताए।

उनले भने, ‘हामी भाग होइन, न्याय चाहन्छौँ। समूह निरन्तर चलिरहन्छ र छलफल हुन्छ । तर, सभापतिको समूह हुनुहुँदैन।’





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १७:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया