कांग्रेस धनुषा सभापतिमा पजियारको उम्मेदवारी घोषणा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले नेपाली कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनुषा सभापति पदका लागि पजियारले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले पूर्व उपसभापति विमलेन्द्र निधिको समूहबाट जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सभापति पदका लागि पजियारको प्रस्ताव पार्टीका प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले गरेका छन् भने जिल्ला सभापति महेशशंकर गिरीले उनको प्रस्तावलाई समर्थन गरेका छन् । 

सभापतिका उम्मेदवार पजियारले पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए । उनले सभापतिमा तिनजना उम्मेदवार भएपनि स्वयं पहिलो चरणमै जत्ने दावीसमेत गरे । 

पार्टी सुदृढीकरणका लागि आफ्नो जिल्ला सभापतिमा उम्मेदवारी रहेको पजियारले बताए । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै गुट, उपगुट नभई अग्रजको सम्मान गर्दै युवालाई समेट्दै जिल्लामा पार्टीको संगठन बिस्तार गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 

समाज रूपान्तरण र समावेशी समाजको निर्माणका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको उनले बताए । 
यसअघि सम्पन्न प्रदेश अधिवेशनमा सरकार र सत्ताको दम्भ तथा धाकधम्की आएको बताउँदै पजियारले जिल्ला अधिवेशनमा त्यस्तो केही नचल्ने बताए । 



उम्मेदवारी घोषणा सभामा बोल्दै मन्त्री रामसरोज यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दाबी गरेका छन् । उनले पजियारको नेतृत्वमा जिल्लामा कुशल नेतृत्व ल्याउन मतदातासँग आग्रहसमेत गरे । 

प्रदेश २ का ८ जिल्लालगायत देशभरका १६ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेको अवस्थामा पुष २७ गते हुने भनिएको जिल्ला अधिवेशन अब माघ १५ गते हुने भएको छ । 



धनुषा जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहेकाले यो अधिवेशन भव्य हुने देखिएको छ । जिल्ला सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्वसांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विशेश्वर यादवसमेत आकांक्षी देखिएका छन् । यद्यपि उनीहरूले भने अहिले उम्मेदवारी भने घोषणा गरेका छैनन् ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १७:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया