विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरी दिनेमा सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादव रहेका छन् । 

उनले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् । कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने यादवले उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको विधान विपरित निर्वाचित भनिएको विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु,’ यादवले उजुरीमा लेखेका छन्, ‘राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १७ मा केन्द्रीय समिति र प्रदेश समितिको पदाधिकारीको योग्यता : दलको केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारीमा निर्वाचित हुन दलको कुनै सदस्यले पूरा गर्नुपर्ने योग्यता सम्बन्धित दलको विधानमा उल्लेख भए बमोजिम हुनेछ भन्ने व्यवस्थाले दलको विधानको व्यवस्थाको पालना राजनीतिक दलहरूले अनिवार्य रूपमा गर्नुपर्दछ ।’ 

चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउनसमेत माग गरेका छन् । उद्योगी चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला) कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

यस्तो छ उजुरीको पूर्णपाठ :






  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ९:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया